![]()
काठमाडौ,जेठ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । नेपालले भदौमा आयोजना गर्ने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउने भएका हुन् । मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ ।
मन्त्रिपरिषद बैठकले आगामी भदौ १४ र १५ गते वा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ। नरेन्द्र मोदीका साथै म्यान्मारकी नेतृ आङ सान सूची लगायतका एसियाली सदस्य राष्ट्रका नेताहरु भदौमा काठमाडौँमा भेला हुने भएका छन् ।
बिमिस्टेकको अध्यक्ष राष्ट्र नेपाल छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्र छन् ।


