Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनले विवादस्पद क्षेत्रमा मिसायल तैनाथ गरेर छिमेकी तर्साउँदैछ : अमेरिका

Loading

बीबीसी । चीनले विवादास्पद दक्षिण चीन सागरमा मिसाइल तैनाथ गरेको अमेरिकाले जनाएको छ । चीनले विवादित क्षेत्रमा मिसाइल तैनाथ गरेर छिमेकी देशलाई तर्साउने र तनावका लागि उक्साउने काम गरेको अमेरिकी विदेश मन्त्री जेम्स म्याटिसले बताएका छन् ।

सिंगापुरमा रहेको विदेशमन्त्री म्याटिसले चीनको गतिविधिले उसको बिस्तारित उद्देश्यमा प्रश्न उब्जिएको बताए । दक्षिण चीन सागरको स्वामित्वलाई लिएर चीन, भियतनाम, फिलिपिन्स, ताइवान तथा मलेसियाबिच विवाद हुँदै आएको छ ।

यस्तै उनले दक्षिण कोरियामा रहेका आफ्ना सेनको बारेमा जुन १२ मा सिंगापुरमा हुने राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच हुने वार्तामा छलफल नहुने पनि बताए ।

अमेरिका उत्तर कोरिया पूर्ण रुपमा परमाणुहतियार मुक्त हुनु पर्ने पक्षमा रहेको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed