![]()
बीबीसी । रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन्। एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन्।
ती दूत किम यङ-चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए। शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे। तर पछि उनले पत्र खोलिनसकेको बताए।
ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्ततोगत्वा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताए। उनले उत्तर कोरियासँगको सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको उल्लेख गरे।
शुरूमा ‘आगो र क्रोध’ सम्बन्धदेखि ‘लामो समययताकै सबैभन्दा राम्रो सम्बन्ध’ भनेर ट्रम्पले भनिरहँदा शिखर बैठक पहिले आयोजना हुने र त्यसपछि नहुने भनियो। अहिले आएर फेरि हुने भनिएको छ।
ऐतिहासिक वार्ताहरू गरिरहँदा ट्रम्पले पत्रकारहरूसँग पूर्वयोजना विनाकै १६ मिनेट लामो सवाल-जवाफको सत्र बिताएका थिए र विश्वको ध्यान आफूतिर खिचेका थिए। कानून पारित गर्न गाह्रो छ। अझ रुसले चुनावमा गरेका भनिएका हस्तक्षेपविरूद्धको अनुसन्धान झेल्नु आवेगपूर्ण छ। तर ह्वाइट हाउसमा ‘उत्तर कोरियाका दोस्रा वरिष्ठ नेता’लाई स्वागत गर्नु तुलनात्मक रूपमा सजिलो छ।
ट्रम्पले भइरहेका प्रगतिको स्वागत गरे पनि उनले आगामी शिखर बैठकबाट गरिएका अपेक्षाहरूलाई भने कमै रहन थिए। त्यसक्रममा उनले शिखर बैठक एउटा भव्य हस्ताक्षर समारोहमा रुपान्तरण हुनेछ भनेर अपेक्षा नगरिएको बताए। अहिले सिंगापुर बैठक पहिलो पाइला मात्रै हुने देखिन्छ। त्यसले दुई नेताहरूलाई ऐतिहासिक फोटो खिचाउने अवसर दिनेछ। र, भविष्यमा महत्त्वपूर्ण समझदारीको अपेक्षा गरिनेछ।
अघिल्लो वर्ष धेरैले युद्धतर्फ उन्मुख भएको भनेका राष्ट्रपतिका लागि त्यो अपेक्षा गरेभन्दा बढी हो।


