Breaking News.... EverestOnlineKhabar
June 26, 2026

काम पूरा नगर्ने र बीचैमा भाग्ने ठेकेदारलाई कारबाही : गृहमन्त्री थापा

Loading

ताप्लेजुङ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि सबै पक्षलाई गम्भीर भएर लाग्न आह्वान गरेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न  ताप्लेजुङमा पुगेका गृहमन्त्री थापाले  भौतिक पूर्वाधारको विकास नै समृद्धिको आधार भएकाले यसमा हेलचेक्र्याइँ गर्न नहुने बताए ।

उनले सरकारले आर्थिक विकास समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै यसमा सहयोग गर्न आग्रह गरे । कुनैपनि भौतिक पूर्वाधार निर्माणमा संलग्न भएकाहरुले अब काम पूरा गर्र्नैपर्ने उनको भनाइ थियो ।

काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारबाही गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री थापाले पाथीभरा जाने सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमासमेत चासो राखेका थिए ।

वि.सं. २०७२ साल असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सन्चारकर्मीसहित स्थानीय बासिन्दाले मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed