![]()
काठमाडौ । तात्कालिन राजा वीरेन्द्रको बंश नास हुने गरी भएको दरवार हत्याकाण्डको १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राती दरवारमा भएको अकल्पनीय हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनसहित १० जनाको मृत्यु भएको थियो ।
उच्चस्तरीय छानविन समितिले युवराज दीपेन्द्रले सो हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि सो मान्न सर्वसाधारण भने अझै तयार छैनन् । वीरेन्द्रको हत्या पछि आएको राजनीतिक उथलपुथलका कारण गणतन्त्र स्थापना भएको समेत १० वर्ष पूरा भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले पहिलो संविधान आफै लेखेको छ र कार्यान्वयनमा आएको छ । शाहवंशीय राज्य संरचना अन्त्य गर्दै मुलुकमा संघीय शासन प्रणाली लागु भएको छ । अझै पनि राजसंस्था फर्काउनु पर्छ भनेर संसद भित्र र बाहिर समेत आवाजहरु उठेकै छन् । राप्रपाले अझै संवैधानिक राजसंस्थाको वकालत गर्दैछ ।
नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहने राजा स्व.श्री ५ वीरेन्द्रमा हार्दिक श्रद्धाञ्जली !


