Breaking News.... EverestOnlineKhabar
June 26, 2026

वरियता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु हुन, म दोस्रो वरियतामै छु : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टीमा आफू दोस्रो वरियतामै रहेको दाबी गर्नुभएको छ ।

चीनमा भएको कार्ल मार्क्स सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किनु भएका नेता खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरुले जथाभावी वरियता तोकेको भन्दै आफनो वरियता तलमाथि गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

नेता खनालले भन्नुभयो, ‘ कम्युनिष्ट पार्टीको इतिहासमा मेरो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग छैन । ’
कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै उहाँले नेताहरुको अपमान गर्नूभन्दा अध्ययन र चिन्तनमा लाग्न सुझाव पनि दिनुभयो ।

वरीयताकाक्रममा चरम असन्तुष्टि व्यक्त गर्दै नेता खनालले यो विषयमा पार्टी्भित्र रहेर संघर्ष गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी एकतामा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको र अब पनि कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रष्ट पार्नुभयो ।

चीन भ्रमणकाक्रममा माक्र्स सम्मलेनमा सहभागी हुनुकासाथै आफूले स्वास्थ्यसमेत परीक्षण गराएको उहाँले जानकारी दिनुभयो ।
स्वदेश फर्किदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उहाँको नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पूरीसंग पनि केहीबेर भलाकुशारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed