Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधव घिमिरे एघार दिनपछि घर फर्कनु भएको छ । नेपाल एयर लाइन्सको विमानबाट दिउँसो २ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ पूगनु भएको हो ।

सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि अघिल्लो बुधबार उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । दिल्लीमा इन्डोस्कोपी पछि उहाँको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रविधिबाट डामिएको थियो ।

सो उपचारपछि रक्तस्राव रोकिएसँगै राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार हुँदै फर्कनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed