Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/२०७६ को बजेटमा प्रत्येक स्थानीय तहमा एक रंगशाला निर्माण गर्ने गरी बजेट विनियोजन गरेको छ।

स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहको सम्भाव्यताका आधारमा रंगशाला खेलमैदान तथा युवा क्लब क्रमिक रूपमा निर्माण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

यस्तै, खेल क्षेत्रको विकासका लागि सरकारले सातै प्रदेशमा प्रदेश स्तरीय रंगशाला निर्माण गर्ने गरी बजेट विनियोजन गरेको छ। यस्तै, सरकारले १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सरकारले दुई अर्ब चार करोड बजेट विनियोजन गरेको अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.