![]()
काठमाडौं । सरकारले बेरोजगारी समस्या समाधान गर्न बजेटमै व्यवस्था गरेको छ । यसका लागि सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने भएको हो।
जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।
बिद्यार्थी संगठनहरुले यस्तो कर्जाको माग राख्दै आएका थिए।


