Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इटालीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख प्रधानमन्त्रीमा नियुक्त

Loading

बीबीसी ।इटालीमा राष्ट्रपति सर्जिओ मट्टारेलाले अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

कोट्टारेली सार्वजनिक कटौती अभियानका लागि परिचित छन् । दुई ठूला पपुलिष्ट पार्टीले गठबन्धन सरकार गठन गर्न नसकेपछि राष्ट्रपतिले कोट्टारेलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ प्रधानमन्त्रीले अर्को वर्षको सुरु मै नयाँ चुनाव गराउने बताएका छन् । नयाँ सरकारले संसद्मा बजेट लगायतका कार्यक्रम पेश गर्नेछ ।

तर यो पारित हुने सम्भावना अत्यन्त कम रहेकाले कोट्टारेलीको सरकारले पनि तत्कालै राजीनामा गर्नुपर्ने अबस्था आउने विश्लेषण गरिएको छ । गत मार्चमा सम्पन्न चुनाव पछि कुनै पनि दल वा गठबन्धनले सरकार बनाउन नसकेपछि यूरोजोनको चौथो ठूलो अर्थतन्त्र भएको इटाली सरकारविहीन थियो ।

दुई ठूला दलले वित्त मन्त्रीमा पाओलो साभोनालाई गरेको सिफारिस राष्ट्रपतिले भिटो प्रयोग गरि अस्वीकार गरेपछि दलहरुको सरकार गठनको प्रयास पनि असफल भएको थियो । साभोनालाई यूरोपियन यूनियन विरोधीका रुपमा चिनिन्छ । उनलाई मन्त्री हुनबाट रोकेपछि फाइभ स्टार पार्टीका नेताले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन आह्वान गरेका थिए ।

इटालीमा राष्ट्रपति विरुद्ध सामान्य बहुमतबाट महाअभियोग प्रस्ताव पारित भए पनि संवैधानिक अदालतले यसको छिनोफानो गर्नुपर्ने व्यवस्था रहेको छ । इटालीको कानुन अनुसार संवैधानिक राष्ट्रपतिलाई मन्त्रीको नियुक्ति रद्द गर्ने अधिकार भए पनि यस्तो शक्ति भने निकै कम प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.