Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी  अमेरिकाका लागि प्रस्थान गरेका छन । उत्तर कोरियाका ती सैनिक जर्ने ल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ।उक्त वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । यसले सो वार्ताका लागि तयारी लगायतका अरु पनि कार्यमा सहजता थप्ने अनुमान पनि गरिएको अधिकारीहरुको भनाई छ ।

 गत आइतबार मात्र पनि केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलमा सहभागीहरुले त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता र आगामी शिखर वार्ताको तयारीका बारेमा व्यापक परामर्श गरेका थिए।आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएको दुबैतर्फका अधिकारीहले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार नै ट्वीट गर्दै अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र
त्यस प्रतिनिधिमण्डलले सोमबार र मङ्गलबार पनि उक्त वार्ताको बारेमा निरन्तर रुपमा परामर्श गरेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.