Breaking News.... EverestOnlineKhabar
June 28, 2026

रुसका अर्बपति तथा चेल्सीका मालिक रोमन अब्रामोविच अब इजरायलको नागरिक

Loading

बीबीसी । रुसका यहुदी अर्बपति व्यवसायी तथा चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविच इजरायलको नागरिक बन्ने भएका छन् । उनी इजरायली नागरिक बन्नका लागि योग्य ठहरिएपछि तेल अविव पुगेका छन् ।

उनले गएको हप्ता रुसको मस्कोमा रहेको दूतावासमा आप्रवासन सम्बन्धी अधिकारीसँग भेटवार्ता गरेका थिए । अब्रामोविचलाई बेलायतको भिसा लाग्न समय लागेको थियो ।

५१ वर्षका अब्रामोविच अब इजरायलका सबै भन्दा धनी व्यक्ति हुनेछन् । इजरायली सञ्चारमाध्यमका अनुसार उनलाई ल अफ रिर्टन अर्थात फिर्ता हुने सम्बन्धी कानुन अनुसार इजरायलको नागरिकता दिइएको हो ।

यो कानुन अनुसार यहुदीले इजरायलको नागरिकता लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.