Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गरेको आरोपमा खेलाडी अन्जनसहित ६ पक्राउ

Loading

काठमाडौं । फुटबल र क्रिकेटमा अनलाइन सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी, गौरव तिवारी, दिनेश बोगटी, विजय श्रेष्ठ र नगेन्द्र सुवाल रहेका छन् । केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उनलाई एएफसीले फुटबल खेल्न आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरुले फुटबल र क्रिकेटमा जितहारसँगै, रन, विकेट, चौका–छक्का र गोललगायतका विषयमा करौडौं बराबरको सट्टेबाजी लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।  उनीहरुले अनलाइन जुवा खेलाउन बुकीको काम गर्दै आएका थिए ।

प्रहरीले उनीहरुबाट जुवा खेलाउन प्रयोग हुने सामग्री, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.