Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ब्राजिलका सिल्भालाई हराउँदै जोकोभिक फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

Loading

एजेन्सी । पुर्व विश्व नम्बर एक नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । ब्राजिलका रोजेरियो सिल्भालाई हराउँदै जोकोभिक दोस्रो चरणमा पुगेका हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोसमा भएको खेलमा जोकोभिकले सिल्भालाई ६ – ३, ६ – ४ र ६ – ४ ले पराजित गरे । चोटबाट मुक्त हुँदै खेलमा फर्किएका जोकोभिकले सिल्भालाई सहजै हराएका हुन् । २० औं वरियतामा रहेका जोकोभिकले अब दोस्रो चरणमा स्पेनका जुमे मुनारसँग खेल्नेछन् ।

जोकोभिकले सन् २०१६ पछि ग्राण्डस्लाम टेनिसको उपाधि जित्न सकेका छैनन् । जोकोभिकले पछिल्लो पटक सन् २०१६ को फ्रेन्च ओपन जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.