Breaking News.... EverestOnlineKhabar
June 28, 2026

मैत्रीपूर्ण खेलमा फ्रान्सको जित, पोर्चुगल बराबरीमा

Loading

एजेन्सी । रुस विश्वकपको तयारीमा रहेको फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । फ्रान्सले आयरल्याण्डलाई २ – ० ले हराएको हो । फ्रान्सलाई जित दिलाउन ओलिभर जेरुड र नाविल फेकिरले समान एक एक गोल गरे । खेलको ४० औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा  फेकिरले गोल गर्दै फ्रान्सलाई २ – ० को सहज जित दिलाए ।

जेठ ३१ गतेबाट सुरु हुने विश्वकपमा फ्रान्स समूह सी मा रहेको छ । फ्रान्सको समूहमा अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । यस्तै आइसल्याण्ड अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया रहेको समूह डी मा रहेको छ ।

विश्वकप तयारीमै रहेको पोर्चुगल भने मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगल ट्युनिसियासँग २ – २ गोलको बराबरीमा रोकिएको हो ।

पोर्चुगलको लागि आन्द्रे सिल्भा र जोआ मारियोले एक एक गोल गरे ।  च्याम्पियन्स लिगको फाइनल खेलेका रोनाल्डोलाई आराम दिइएको हो । ट्युनिसियाका एनिस बद्रि र बेन युसुफले एक एक गोल फर्काए ।

रुस विश्वकपमा पोर्चुगल स्पेन, मोरक्को र इरान रहेको समूह बि मा रहेको छ । यस्तै ट्युनिसिया बेल्जियम,पानमा र इंग्ल्यान्ड रहेको समूह जी मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.