Breaking News.... EverestOnlineKhabar
September 3, 2026

सुन डन गोरेको बयान सकियो- ‘सुन भरिया सिधै प्रहरी हाकिमकहाँ जान्थे, कुनै चेकजाँच हुँदैनथ्यो’

Loading

बिराटनगर । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भएको थियो।   गोरेले विमानस्थलमा सुन बोक्ने भरिया सिधै प्रहरी हाकिमको जाने गरेको खुलाएका छन् ।

अदालतमा उनले दिएको बयानमा भनेका छन्, “तेस्रो लाइनको सुनसमेत फ्लाइ दुबईकै फ्लाइटमा आउने हो । यो लाइनबाट एकपटकमा २५ देखि ३० केजी सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउँथे । सो पछि कुनै चेकजाँच हुँदैन थियो । सुन बोक्ने मानिस सहजै प्रहरीका हाकिमको कोठामा जान्थे । झोला त्यहीँ छाडीदिन्थे । पछि प्रहरी कर्मचारीले अनुकूल समयमा बाहिर निकाली तोकिएको स्थानमा छाडिदिन्थे । यो लाइनबाट इन्डियन व्यापारीको सुन आउँथ्यो । सुन सिधै तत्कालिन एसएसपी श्याम खत्रीको कोठमा जान्थ्यो । निजले अनुकूल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.