Breaking News.... EverestOnlineKhabar
July 8, 2026

अफगानिस्तानमा १९ तालिबान तथा आइएसका लडाकू मारिए

Loading

बीबीसी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

हस्का मिना जिल्लामा  भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएका छन्, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन्।

उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेवा वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन।

काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला बेलामा भीडन्त हुनेगरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.