Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रधानमन्त्रीको पार्टी नेकपाद्वारा २ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता, सरकारलाई समर्थन गरेका उपेन्द्र अब के गर्छन ?

Loading

जनकपुर।  मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा  उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो । नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् ।

तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै भने ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो । ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’

मोदी भ्रमणका बेला लालबाबुले दिएको अभिव्यक्ति विवादमा आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको बताएका थिए ।

बैशाख ३० गते संसदमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका थिए । यही विवादकावीच सरकारले राउतको अमेरिका भ्रमण अस्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.