Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । पाकिस्तानमा आउँदो जुलाई २५ मा आम चुनाव हुने भएको छ । राष्ट्रपति मममून हुसैनले २५ जुलाईमा आम चुनाव गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेका हुन् । केन्द्र र प्रान्त संसदका लागि एकै दिन चुनाव हुने राष्ट्रपतिका प्रवक्ताले बताएका छन् ।

पाकिस्तानको अहिलेको सरकारको कार्यकाल चाँडै सकिँदैछ । अहिले शाहीद खाकान अब्बासी पाकिस्तानको प्रधानमन्त्री छन् । गएको वर्षको जुलाईमा नवाज शरीफलाई सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा पदबाट हटाएपछि अब्बासी प्रधानमन्त्री बनेका हुन् ।

शरीफले आजीवन चुनाव लड्न पाउने छैनन् । नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजले शाहीद खाकान अब्बासीलाई प्रधानमन्त्री बनाएको हो ।

सन् २०१३ मा भएको चुनावमा नवाजको पार्टीले राम्रो बहुमत ल्याएको थियो । आउँदो जुलाईमा हुने चुनावमा क्रिकेटरबाट नेता बनेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले नवाजको पार्टीलाई कडा चुनौती दिने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.