Breaking News.... EverestOnlineKhabar
June 29, 2026

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित, कांग्रेस सांसद रिजाल र राजपाका सांसद झाको संशोधन अस्वीकृत

Loading

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाबाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । प्रधानमन्त्रीले विपक्षीले उठाएका जिज्ञासाको जवाफ दिंदै सरकारको नीति तथा कार्यक्रमको विरोध नै गर्नुपर्ने संस्कार सुधार गर्न अपिल गरेका थिए ।
नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाले राखेका संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.