Breaking News.... EverestOnlineKhabar
June 29, 2026

कैलालीमा गोली प्रहार गरी ९ लाख लुटने २ लुटेरा पक्राउ

Loading

धनगढी । कैलालीको धनगढीमा दिन दाहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयावाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याई अनुसन्धान भईरहेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सब्‍जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी सिदार्थ बैंकबाट झिकेको ९ लाख रुपैया लुटेर भागेका थिए।

घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा गोली लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed