Breaking News.... EverestOnlineKhabar
June 29, 2026

Loading

काठमाडौं  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार देखाए भने उनको पतन सुरू हुने बताएका छन्। शनिबार बिहान पत्रकार भेटघाटका क्रममा सिटौलाले मनदेखि ओलीको हेपाहा प्रवृति बढेको हो भने उनको पतन अवश्यम्भावि रहेको टिप्पणी गरे। सिटौलाले सत्ताका कारण नीतिगत अराजकता बढेको पनि औँल्याए।

 सिटौलाले तीन तहका सरकारमा नीतिगत विसंगति सुरु भएको जनाए।  सरकारको नीतिगत अराजकता शिक्षा क्षेत्रबाट शुरू भएको उनले दाबी गरे। नेकपा (विप्लव) को विद्रोह सरकारका लागि चुनौती हुँदै गएको पनि सिटौलाले औंल्याए।

संघीयताको संरचना अनुसार नेपाली कांग्रेसको संगठन नभएको बताउँदै सिटौलाले आफ्नै पार्टीभित्र समेत सांगठनिक विचलन आएको बताए। उनले भने, ‘एकीकृत रूपमा निर्णय ल्याउन केन्द्रीय समितिमा प्रयास गरिए पनि मूर्त रूप पाउन सकेन।’

उनले कांग्रेस पराजित भए पनि कार्यकर्ताहरु कांग्रेस छोड्ने मानसिकतामा नरहेको प्रष्टाए। महासमितिको बैठक नयाँ वैचारिक एकतासहित टुङ्ग्याउनका लागि आफ्नो प्रयास रहने सिटौलाको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.