![]()
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताउनु भएको छ ।
शनिवार काठमाडौंमा आयोजित अन्तक्रियामा बोल्दै मन्त्री पण्डितले २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नुभयो ।
मन्त्री पण्डितले जेठ महिना भित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने जानकारी पनि दिनुभयो । उहाँले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिना भित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनुभयो ।
स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको भन्दै उहाँले सरकारबारे नकारात्मक टिप्पणी नगर्न पनि चेतावनी दिनुभयो ।


