Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकिएको छ । सरकारले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न बहानामा मलेसिया जाने कामदार गठिएको भन्दै ती संस्थामाथि कारबाही थालेपछि प्रक्रिया बन्द भएको हो ।

सरकारले निर्णय गरेपछि ती संस्थाले काम बन्द गरेका थिए । सरकारले ती संस्थाका ३४ जना सञ्चालक पक्रेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले निर्णय गरे पनि मलेसियाले त्यसलाई मान्यता दिन थालेका छैन । कूटनीतिक पहल भैरहेको श्रम मन्त्रालयले जनाएको छ । ४८ जना पक्राउ परेपनि अरु कर्मचारी छुटेको र ३४ जनामाथि सोधपुछ चलिरहेको प्रहरी अपराध महाशाखाले जनाएको छ । मलेसिाय जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्रै स्वास्थ्य संस्थाले मलेसियामा सेटिङ्ग मिलाएका थिए ।

सरकारले त्यसलाई तोडेपनि नयाँ व्यवस्थाका लागि कूटनीतिक पहल निस्कर्षमा नपुग्दा अन्यौल थप बढेको छ । स्वास्थ्य परीक्षण रोकिएसँगै मलेसियाका लागि पूर्व स्वीकृति दिन पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले.जनाएको छ ।

अहिले पूर्व स्वीकृति दिँदा कुन प्रक्रियाबाट दिने भनेर अन्यौल भएको छ । मलेसिया दूतावासले ३९ वटा स्वास्थ्य परीक्षण गरेका संस्थामार्फत मात्रै भिसाका लागि प्रक्रिया अगाडि बढाउने भएकाले अरु स्वास्थ्य संस्थाबाट परीक्षण गरेमा भिसा लाग्दैन । सरकारले त्यसका लागि पहल गरिरहे पनि टुङ्गो लागेको छैन ।

मलेसिया नेपालीको पहिलो रोजाइको गन्तव्य हो । २०७४ सालमा सबैभन्दा बढि मलेसिया १ लाख १६ हजार ५ सय ७२ जना गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.