Breaking News.... EverestOnlineKhabar
September 3, 2026

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा

Loading

एजेन्सी । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो । अब आइतबरा  उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

हैदरावाद पहिलो क्वालिफायरमा चेन्नईसँगै पराजित भएर दोस्रो क्वालिफायर खेलेको हो । कोलकाताले भने एलिमिनेटरमा राजस्थान रोयल्सलाई हराएर क्वालिफायर टू मा स्थान बनाएको थियो ।

शुक्रबार बेलुका कोलकातामा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । उसका लागि क्रिस लिनले ४८, शुभमन गिलले ३०, सुनिल नरिनले २६ तथा नितिश रानाले २२ रन बनाए पनि हार टार्न सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको हैदरावादले सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि ऋद्धिमन शाहले ३५, शिखर धवनले ३४ तथा रशिद खानले नटआउट ३४ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.