Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । फिल्म ‘दबंग ३’ का लागि बलिउड अभिनेत्री सोनाक्षी सिन्हाल ३५ किलो तौल घटाएकी छिन ।
इन्स्टाग्राममा सोनाक्षीले पोष्ट गरेको पछिल्लो फोटो हेरेर मानिसहरु छक्क परे । उनी लामो समयदेखि गुपचुपरुपमा आफ्नो तौल घटाउने चक्करमा लागेको कसैलाई थाहै थिएन ।

सोनाक्षी फिल्ममा आउनुभन्दा अगाडि असाध्यै मोटी थिइन् । फिल्म खेल्नकै लागि उनले बडो मिहिनेत गरेर आफ्नो ज्यान बनाइन् ।
९० किलो वजन भएकी सोनाक्षी डेब्यू फिल्म ‘दबंग’ का लागि करिब ३० किलो घटेर ६० किलोमा झरेकी थिइन् । तैपनि उनी अन्य नायिकाभन्दा केही मोटी नै देखिन्थिन् ।

अहिले फेरि दबंग ३ का लागि सोनाक्षी थप दुब्लाएर झिरिप्प भएकी छिन् । यो फिल्ममा सलमान खानको अपोजिटमा सोनाक्षी हुने कुरा केही समयअघि निर्देशक अरबाज खान र प्रोड्यूसर प्रभु देवाले कन्फर्म गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed