Breaking News.... EverestOnlineKhabar
August 12, 2026

राजस्थानलाई हराउँदै कोलकता क्वालिफायरमा प्रवेश, फाइनलमा प्रवेशका लागि हैदरावादसंग भिडने

Loading

एजेन्सी । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै कोलकत्ताले क्वालिफायरमा स्थान बनाएको हो ।

कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा घरेलु टोलीले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका संजु सामसनले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राजस्थानमा कप्तान अजिंका रहानेले ४६ र राहुल त्रिपाठीले २० रन जोडे । कोलकत्ताका पियुस चावलाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६९ रन जोडेको थियो । कोलकत्ताको लागि कप्तान दिनेश कार्तिकले ५२ रनको अर्धशतकीय पारी खेल्दा आन्द्रे रुसेल अविजित ४९ रन जोडे ।  राजस्थानका क्रिश्नप्पा गोथाम, जोफ्रा आर्चर र बेन लुघलिनले समान २ – २ विकेट लिए ।

यो जितसँगै कोलकत्ताले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँगको भेट पक्का गरेको छ । राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग २ विकेटले पराजित भएपनि हैदरावादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाएको हो ।

अब कोलकत्ता र हैदरावादबीच हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउने छन् । उक्त विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed