![]()
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चीनका राजदूत यू होङ्गले भेटवार्ता गर्नूभएको छ । खनाललाई भेटन राजदूत होङ्गे बिहीबार बिहानै डल्लु पुग्नु भएको थियो ।
भेटका क्रममा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र दुई देशबिचको सम्बन्ध, आपसी हित एवं चासोका विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
भेटका अवसरमा राजदुत होङ्गले नेपालले अव शान्ति र स्थिरता कायम गर्दै चाडै आर्थिक विकासको क्षेत्रमा फड्को मार्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।
जवाफमा पूर्बप्रधानमन्त्री खनालले आगामी दिनमा नेपाल–चीन सम्बन्ध,आपसी सर– सहयोग अझ गहिरो र फराकिलो हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी गराउनु भएको थियो ।
नेकपा एमाले र माओवादी केन्द्रबिच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा आफनो वरियता मिचिएपछि खनाल असन्तुष्ट हुनुहुन्छ । उहाँले केन्द्रीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा सदस्य चयनप्रति पनि असन्तुष्टि जनाइरहेकाबेला चिनियाँ राजदूतले घरमै गइ भेटनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।


