Breaking News.... EverestOnlineKhabar
August 13, 2026

बार्सिलोनाका पुर्व मिडफिल्डर इनिएष्टाले जापानको क्लबबाट लिग खेल्ने

Loading

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर आन्द्रेस इनिएष्टाले जापानको शीर्ष डिभिजनको क्लबबाट व्यवसायिक लिग खेल्ने भएका छन् । इनिएष्टाले शीर्ष डिभिजनको जे लिग क्लब भिसेल कोवीबाट व्यवसायिक फुटबल खेल्न लागेका हुन् ।

बार्सिलोनाका लिजेण्ड इनिएष्टा भिसेल कोवीसँग सम्झौता गर्न जापान प्रस्थान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इनिएष्टाले  इन्स्टाग्राममा प्राइभेट जेट विमानमा बसेको तस्विर राख्दै नयाँ घर प्रस्थान गरेको लेखेका छन् ।

इनिएष्टाले राखेको तस्विरमा बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका सीईओ हिरोशी मिकितानीसमेत रहेका छन् । राकुटेन कम्पनि भिसेल क्लबको मालिक समेत हो ।  इनिएष्टा र भिसेलले  सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताईएको छ ।

भिसेलमा आबद्द भए ३४ बर्षीय इनिएष्टाले आर्सनल तथा जर्मनीका पुर्व फरवार्ड लुकास पोडोलस्कीसँगै खेल्ने छन् । जे लिगको १५ खेल सकिदा यो सिजन भिसेल छैटौं स्थानमा रहेको छ । गत सिजन भिसेल नवौं स्थानमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed