Breaking News.... EverestOnlineKhabar
July 8, 2026

जुन २ देखि जुन ३० सम्म काठमाडौँमा ह्वीलचियर बास्केट बल लिग

Loading

काठमाडौं । टर्किस एअरलाइन्स एनगेज एम्पावरिङ ह्वीलचियर बास्केट बल लिग आयोजना हुने भएको छ। इनगेज इम्पावरिङको आयोजनामा हुने लिगमा महिलातर्फ ५ र पुरुषतर्फ ९ गरी कूल १४ टिमले सहभागिता जनाउनेछन्। लिगको यो तेस्रो संस्करण हो।

जुन २ देखि जुन ३० सम्म काठमाडौँको विभिन्न स्थानमा हुने लिगमा सहभागि प्रत्येक टिमले एक-अर्कासँग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल हुने र तेस्रो र चौथो स्थानमा रहनेबीच तेस्रो स्थानको लागि खेल हुने आयोजकले जनाएको छ ।

लिग अन्तर्ग पहिलो दिनको खेल जुन मा झम्सिखलेस्थित ब्रिटिस स्कुलमा हुनेछ। जुन ३ मा हुने दोस्रो दिनको खेल पनि सोहि स्थानमा हुनेछ। यस्तै जुन ४ र जुन ६ का खेलहरु छाउनीस्थित बर्मी ब्यारेकमा हुनेछ भने जुन ९ र जुन १६ का खेलहरु माइतिघरस्थित सेन्ट जेभियर कलेजमा हुनेछ।

फाइनल खेल जुन ३० मा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.