Breaking News.... EverestOnlineKhabar
July 8, 2026

युक्रेनका ३५ वटा फुटबल क्लबमाथि खेल मिलेमतो गरेको आरोप

Loading

बीबीसी । युक्रेनका ३५ वटा फुटबल क्लबमाथि खेल मिलेमतो गरेको आरोप लागेको छ । देशको शीर्ष लिगमा खेल्ने पाँचसहित ३५ क्लबले खेलमिलेमतो गरेको अरोप लागेको हो ।  शीर्ष लिग च्याम्पियन शाख्तर डोनेट्स्क र १५ पटकको लिग विजेता डाइनामो किएभमाथि भने आरोप लागेको छैन । यी दुवै क्लबको नाम आरोपित क्लबको सूचीमा छैन ।

खेल मिलेमतोमा आपराधिक समूहको संलग्नता रहेको बताइएको छ । युक्रेनको राजधानी किएभमा आउँदो शनिबार च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हुँदैछ ।

उपाधिका लागि रियल मड्रिड र लिभरपुलबिच प्रतिस्पर्धा हुनेछ । जुनमा सुरु हुने विश्वकप फुटबल छिमेकी देश रुसमा हुँदैछ । तर, युक्रेन भने विश्वकपका लागि छनौट हुन सकेन ।

खेल मिलेमतोका लागि पाँच आपराधिक समूहका ३०० भन्दा बढी व्यक्ति संलग्न रहेको सरकारी अधिकारीले बताएका छन् । खेल मिलेमतोका कम्तिमा ५७ घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.