![]()
काठमाडौं । करिब दुई हप्ता लामो उपचारपछि पनि स्वास्थ्यमा क्रमिक सुधार नआएपछि राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ।
राष्ट्रकवि घिमिरेलाई बुधवार दिउँसो पौने चार बजेको फ्लाइटबाट दिल्ली लगिएको हो। ग्रान्डी इन्टरनेसनल अस्पतालले उनलाई मेदान्त रिफर गरेपछि उनलाई त्यसतर्फ लगिएको हो । घिमिरेसँगै एकजना चिकित्सक र उनका छोरा पनि दिल्ली गएका छन्।
९९ वर्षका राष्ट्रकवि घिमिरेको दिसामा रगत जाने समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा अखिलेश कश्यप, ओम मूर्ति अनिल लगायतका डाक्टरहरुको टोली संलग्न रहेका थिए।


