Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुन्छ : गृहमन्त्री थापा

Loading

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन्। भक्तपुरमा आयोजना गरिएको  बेपत्ता परिवार सम्मान एवं अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्टाचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए।

देशमा रहेको सबै प्रकारको सिन्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए। भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै उनले भ्रष्टाचार र तस्करीको अन्त्यमा सरकार लागिपरेको बताए।

 बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उनले भक्तपुर प्रहरी प्रशासनलाई निर्देशनसमेत दिए। जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.