Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भूकम्पमा भत्केका विद्यालयको पुनःनिर्माण दुई वर्षभित्र : शिक्षामन्त्री पोखरेल

Loading

काठमाडौं।  सरकारले २ वर्षभित्र विद्यालय भवन पुनःनिर्माणको कामलाई सम्पन्न गर्ने योजना अघि सारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २ वर्षभित्र पुनःनिर्माणको काम सम्पन्न गर्ने योजना अघि सारेका हुन्।

सोमबार दरबार हाइस्कुलको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले २ वर्षभित्र सबै विद्यालय भवन पुनःनिर्माणको काम सम्पन्न गर्न आफूले एकपछि अर्को विद्यालय निरीक्षणको काम सुरु गरेको बताए।

उनले भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन निर्माणको कामलाई तीव्रता दिन स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक समन्वय भइरहेको पनि बताए।

मन्त्री पोखरेलले विद्यालय भवनको पुनःनिर्माणको कामलाई गति दिन सुरक्षित विद्यालयको अवधारणा अघि सारिएको पनि उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.