![]()
एजेन्सी । बलिउड तथा कलिउड अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेको फिल्म ‘लस्ट स्टोरी’ को ट्रेलर सार्वजनिक भएको छ ।
थुप्रै स्टारहरुको भिड रहेको फिल्ममा मनिषा छायामा परेको देखिन्छ । उनले एक अधवैंशे महिलाको भूमिका निभाएकी छिन् । आफ्नो श्रीमानको आँखा छलेर परपुरुषसँग अफेयर चलाउने उनको भूमिका छ ।
फिल्मलाई करण जौहर, अनुराग कश्यम, जोया अख्तर र दिबाकर बेनर्जिले निर्देशन गरेका हुन् । मनिषा र सञ्जय कपुरको कथालाई भने दिबाकर बेनर्जीले निर्देशन गरेका छन् ।
फिल्ममा राधिका आप्टे, भूमि, पेडणेकर, विक्की कौशल, कियारा आडवानी, नेहा धुपिया जस्ता स्टारहरु छन् ।
मनिषाले नै अभिनय गरेको अर्को फिल्म ‘सञ्जु’ प्रदर्शनको तयारीमा छ । अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा आधारित बायोपिकमा मनिषाले सञ्जयकी आमा नरगिसको भूमिका निभाएकी छिन् ।

