Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भेनेजुएलामा विवादास्पद राष्ट्रपति चुनावमा निकोलश मदुरो विजयी

Loading

बीबीसी । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै चुनावको नतिजा स्वीकार नगर्ने बताएका थिए ।

उनले मदुरोको चुनावी प्रक्रिया वैध नरहेको र नयाँ चुनावको खाँचो रहेको बताएका छन् । ९० प्रतिशत भन्दा बढी मत गन्दा मदुरोले ६७.७ तथा फाल्कोनले २१.२ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यो चुनावको नतिजालाई मान्यता नदिने बताएको छ । तर मदुरोका समर्थकले भने चुनावी नतिजाको स्वागत गरेका छन् । भेनेजुएलामा आर्थिक संकटको अवस्था छ ।

यसले गर्दा खाद्यान्न तथा औषधि जस्ता आधारभूत चिजकै अभाव रहेको छ । देशका केही क्षेत्रमा ७० प्रतिशत भन्दा बढी बालबालिका कुपोषणाको अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.