Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सन्दीप लामिछानेले आफुलाई  विश्वास गरेकोमा दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिए

Loading

काठमाडौं। नेपाली युवा स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा आफुलाई  विश्वास गरेकोमा र अवसर दिएको दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन्।

सोमबार बिहान सन्दीपले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्- आईपिएलमा मलाई विश्वास गरेकामा र अवसर दिएकामा दिल्ली डेयर डेभिल्सलाई हार्दीक धन्यवाद दिन चाहन्छु। नयाँ कुरा सिक्न पाउनु र एक्सपोजर पाउनु अभुतपुर्व अनुभव रह्यो। यस यात्रामा मेरो साथमा रहनु हुने र यसलाई सम्भव बनाउने हुने सबैलाई धन्यवाद।

सन्दीपले प्रतियोगितामा १२ ओभर बलिङ गर्दै ८२ रन खर्चिएर पाँच विकेट लिए ।  प्रतियोगितामा सन्दीपसामू विश्वका होनाहार ब्याट्सम्यान विराट कोहली, एबी डे भिलियर्स, सेन वाट्सन , महेन्द्र सिंह धोनी, सुरेश रैना, कायरन पोलार्डलगायत  खुलेर खेल्न सकेनन्। सन्दीपले जारी आईपिएल क्रिकेटका पछिल्ला तीन खेलमा मात्र अवसर पाए। टोली अघिल्लो चरण नपुग्ने निश्चित भएपछि दिल्ली डेयर डेभिल्सले सन्दीप लगायत युवा खेलाडीलाई अवसर दियो।

सन्दीपले तीनवटै खेलमा गतिलो छाप छाडे। सन्दीपले खेलेका तीनमध्ये दुई खेलमा दिल्ली विजयी भयो। अन्तिम खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै साविक विजेता मुम्बई इन्डियन्स पहिलो चरणबाटै बाहिरियो। सन्दीपले यस खेलमा ३६ रन खर्चिएर महत्वपुर्ण तीन विकेट लिए। सन्दीप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.