Breaking News.... EverestOnlineKhabar
June 28, 2026

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

Loading

बीबीसी । उत्तरी भारतको कानपुर नगर क्षेत्रमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कानपुर नगर र ग्रामीण क्षेत्रका मानिसहरू छन्।

शनिवार कानपुर नगरको सचेण्डी क्षेत्रमा ६ जनाको र आइतवार कानपुरकै ग्रामीण क्षेत्र रूरामा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विषाक्त रक्सी सेवनका कारण कैयौँ गम्भीर बिरामी परेका छन्। उनीहरूमध्ये अधिकांशको स्थानीय हैलट अस्पतालमा उपचार भइरहेको छ।

विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले हालसम्म चारजनालाई पक्राउ गरिएको र त्यसमध्ये प्रमुख आरोपी विनय सिंह पनि रहेको जनाएको छ।

सरकारले प्रतिमृतक परिवारलाई दुई/दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामी परेका प्रत्येक जनालाई ५०/५० हजार भारू उपलब्ध गराइने बताएको छ। अस्पताल पुगेका मुख्यमन्त्री दिनेश शर्माले दोषीलाई माफी दिन नसकिने बताए।

प्रहरी अधिकारी अखिलेश कुमारले घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको बताएका छन्। रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठको सम्भावनाबारे पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.