Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । भारतीय प्रहरीले एक महिलाको पेटबाट लागुऔषध कोकिनका १०६ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको जनाएको छ। ती महिलाले भारतमा लागुऔषध ओसारपसार गर्ने प्रयास गरेको प्रहरीको आरोप छ।

गोप्य सूचनाका आधारमा २५ वर्षीया विदेशी महिलालाई मे १४ मा दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत हप्ता उनले एउटा अस्पतालमा बिताइन्, जहाँ उनलाई कोकिनको असर कम गर्ने औषधि दिइएको थियो। उनको पेटबाट निकालिएको कोकिन अनुमानित ५ करोड भारतीय रूपैयाँ बराबरको भएको अधिकारीहरूले बताएका छन्।

ब्रजिलको साओ पावलोमा ती महिलाको पेटमा कोकिनका क्याप्सुल राखिएको हुन सक्ने प्रहरीको विश्वास छ। प्रहरीका अनुसार दिल्लीमा एकजना नाइजेरियाली नागरिकलाई ती क्याप्सुलहरू दिन महिलालाई भनिएको हुन सक्छ। लागुऔषध नियन्त्रण विभागका अधिकारीहरूले द हिन्दुस्तान टाइम्स पत्रिकालाई बताए अनुसार ‘यति ठूलो परिमाणमा कोकिनका क्याप्सुल निकालिएको यो पहिलो घटना हो’।

उनीहरूले अरूबेला फेला पारिने सस्तो खालको भन्दा बरामद गरिएको कोकिन उच्चस्तरको कोलम्बियाको भएको बताएका छन। ती महिलाले दिने ठानिएको नाइजेरियाली व्यक्तिको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.