Breaking News.... EverestOnlineKhabar
June 28, 2026

स्पेनिस राफायल नाडाललाई इटालियन ओपन टेनिसको उपाधि

Loading

एजेन्सी । स्पेनिस राफायल नाडाल विश्व वरीयतामा शीर्ष स्थानमा फर्किने पक्का भएको छ । कीर्तिमानी ८ औँ पटक इटालियन ओपन टेनिसको उपाधि जितेसँगै नाडाल विश्व बरियतामा शीर्ष स्थानमा फर्किने निश्चित भएको हो ।

नाडालले साबिक विजेता एलेक्सान्ड्र ज्वेरिवलाई ६–१, १–६ र ६–३ को सेटमा हराएका हुन् । जितसँगै नाडाल आउँदो आइतबारदेखि सुरु हुने फ्रेन्च ओपन अघि सार्वजनिक हुने नयाँ विश्व बरियतामा शीर्ष स्थानमा पुग्ने पक्का भएको छ ।

नाडालले स्वीस रोजर फेडेररलाई पछि पार्दै बरियतामा पहिलो स्थान लिनेछन् । फाइनलमा ३१ वर्षका नाडालले दोस्रो सेटमा लगभग खेल गुमाए जस्तो देखिएको थियो । तर उनले अर्को सेटमा पुनरागमन गरेर उपाधि जितेका हुन् ।

इटालियन ओपनका सबैभन्दा सफल खेलाडी हुन् नाडालले । उनले ८ पटक उपाधि जितेका छन् । सर्बियन नोभाक जोकोविचले चार पटक इटालियन ओपनको उपाधि जितेका छन् । – 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.