Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सचिवालय बैठकमा खनालको आक्रोश : वरियता खोस्ने निर्णयप्रति खेद प्रकट, निर्णय तत्काल सच्याउन चेतावनी

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू लगायत अन्यायमा परेका नेताहरुको वरियता तत्काल मिलाउन सचिवालय बैठकमा चेतावनी दिएका छन ।

सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा नेता खनालले आफनो अनुपस्थितिमा आफूसंग सल्लाह नै नगरी वरियता खोसिएकोमा गम्भीर असन्तुष्टि जनाएका हुन । उनले नेताहरुको मानमर्दन गरेर कस्तो पार्टी बनाउन खोजेको हो भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरे ।

बैठकमा नेता खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनी तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा भएपनि पार्टी एक हुँदा उनलाई घटुवा गरी माधव नेपाल पछाडी राखिएको छ ।

चीनबाट फर्किए लगत्तै वरिष्ठ नेता खनालले केपी ओली र माधव नेपालले मिलेर आफूबिरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । उनले आफूसहित भीम रावल, ईश्वर पोखरेल लगायतका नेताहरुको मानमर्दन गरेर ओली र नेपालले अनुचित काम गरेको भन्दै रोष प्रकट गरेका थिए ।

आफू गम्भीर प्रकृतिको रोगबाट प्रताडित भएर उपचारका लागि चीन गएकाबेला ‘ब्यापारिक प्रयोजन’ का लागि भनेर सुनियोजित प्रचार गरेर आफनो चरित्र हत्या गर्नुको हिसाबकिताब खोजेरै छोडने चेतावनी उनले दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.