Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ओलीसंग झलनाथ खनाल र भीम रावलपछि युवराज ज्ञवाली पनि असन्तुष्ट, आफनो पनि वरियता मिचिएको भन्दै आक्रोश व्यक्त

Loading

दाङ । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य झलनाथ खनालले अध्यक्ष केपी ओली र माधव नेपालबिरुद्ध आक्रोश पोखेको चौबिस घण्टा नबित्दै नेता युवराज ज्ञवालीले पनि ओलीप्रति चरम असन्तुष्टि पोखेका छन ।

गृह जिल्ला दाङमा रहेका तत्कालिन एमालेका उपाध्यक्ष ज्ञवालीले वरियता निर्धारण गर्दा विवेकसम्वत र चित्त बुझ्दो ढंगले नगरिएको बताए । उनले भने, ‘विद्या भण्डारी राष्ट्रपति भएपछि पार्टीमा म ५ औं रोलक्रममा थिए र त्यो आधारमा हेर्दा आज म माथि अवस्यपनि अन्याय भएको छ । ’

‘वरियता निर्धारण चित्त बुझ्दो छैन’, नेता ज्ञवालीले थपे ‘ म यसवाट सन्तुष्ट अवस्य पनि छैन ।’

पूर्व मन्त्री समेत रहेका ज्ञवालीले आगामी स्थायी कमिटीको बैठकमा कुरा उठाउने जानकारी दिए ।

‘पार्टीले जे जस्तो जिम्मेवारी सुम्पिएको छ, म त्यसलाई इमान्दारी पूर्वक, निष्ठा पूर्वक निर्वाह गर्ने छु । कामगर्नेलाई पद नै चाहिन्छ भन्ने छैन’, ज्ञवालीले भने ।

नेता ज्ञवालीले झलनाथ, भीम, रावल, ईश्वर लगायतका साथीहरुले पनि असुन्तुष्टि जाहेर गरेको कुरा सार्वजनिक हुन थालेको हुँदा पार्टी एकीकरण गर्दा जेष्ठता र योगदानको सही रुपमा मुल्याङकन गरिदिएको भए आज यस्तो स्थितिको सृजना नहुने स्पष्ट पारे ।

पार्टीको आगामी अध्यक्षका लागि फेरि ओली नै उम्मेदवार भए आश्चर्य मान्न नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.