![]()
काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को पार्टी मुख्यालय तत्कालिन एमालेको कार्यालय धुम्बाराही वा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा बनाउने भन्नेमा सचिवालयमै विवाद उत्पन्न भएको छ ।
सोमबार बसेको सचिवालय बैठकमा एमालेबाट गएका नेताहरुले धुम्बाराही र माओवादी केन्द्रबाट गएकाहरुले पेरिस डाँडामा जोड दिएपछि हेडक्वार्टरको टुंगो लाग्न सकेन । सहमति नभएपछि सचिवालयले पार्टी मुख्यालयको टुंगो लगाउने जिम्मा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीलाई प्रदान गरेको छ ।
बैठकले प्रदेश, जिल्ला र संगठनको एकीकरणको जिम्मा समेत अध्यक्षद्वयलाई दिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको सुझावका आधारमा तल्लो तहसम्म एकता हुने छ ।
यस्तै पार्टी संचालन नियमावली बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।


