Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अब पालो म्यानपावर सिण्डिकेटकोःवैदेशिक रोजगारीका लागि जाने कामदारसँग बढी रकम लिने ३५ संस्थाका ४२ जना पक्राउ

Loading

काठमाडौ,जेठ ।
स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४२ जना रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक रहेका छन् ।
यस्तै,अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् । प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको काठमाडौँ परिसरका प्रमुख पोखरेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.