Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राष्ट्रपति चुनावमा आफूमाथि नियतवश आक्रमण भएको भन्दै ट्रम्पले दिए छानविन गर्न निर्देशन….?

Loading

एजेन्सी,जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका बेला भएको चुनावी प्रचार प्रसारका क्रममा आफूमाथि राजनीतिक उद्देश्यले नियतवश आक्रमण भएको आशंकामा छानबिन गर्न निर्देशन दिएका छन् । ट्रम्पको चुनावी अभियानमा रुसी संलग्नता खोज्दै अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले विभिन्न छानबिन जारी राखेको छ । यस्तो छानबिन कुनै राजनीतिक अभिष्ठ पुरा गर्न पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनबाटै निर्देशित भएको ट्रम्पको आशंका छ ।
यही आशंका मेट्न ट्रम्पले सरोकारवाला निकायलाई छानबिनको आदेश दिएका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै एफ्बिआईको भूमिका शंकास्पद रहेकाले छानविन गर्न न्याय विभागलाई आग्रह गरेका हुन् । यसका लागि आज आधिकारिक रुपले उजुरी दर्ता गराउने ट्रम्पको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.