Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भारतमा बिद्राही समूहले गराएको विष्फोटमा परि छ प्रहरीको मृत्यु

Loading

एजेन्सी,जेठ ।
भारतको छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी बिछ्याइएको शक्तिशाली वम विष्फोट गराइँदा दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ । बिद्रोही नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट पाँच प्रहरीको निधन भएको, दुई घाइते भएको नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले जानकारी दिए ।
घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी वल खटाइएको उनले जानकारी दिए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटन गराएको हुनसक्ने खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.