Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेकपालाई केन्द्रीय सदस्य र स्थायी कमिटी बनाउन फलामको च्यूरा

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको गठनमा भागबण्डाको सूत्र मिले पनि केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य छान्न फलामको च्यूरा चपाउनु सरह भएको छ ।

चार सय ४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति बनाउने सहमति भएपनि आकांंक्षी धेरै भएपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई मुश्किल भएको छ । व्यक्तिगत बफादारी, पृष्ठभूमि, अलगअलग गुट, क्षेत्र, लिंग लगायतका आधारमा सदस्य चयन गर्नु पर्ने बाध्यताले गर्दा उनीहरुलाई सदस्य चयनमा मुस्किल परेको हो ।

निश्चित मापदण्ड बनाएर केन्द्रीय र स्थायी समितिका सदस्य चयन गर्नु पर्ने भएकाले तत्काल दुवै समिति गठन नहुने निश्चित छ । राम्रो व्यक्ति विस्तृत छलफल र अध्ययनपछि सदस्य चयन गर्नु पर्ने भएकाले त्यसमा लामै समय लाग्ने नेताहरु बताउँछन ।

ओलीलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको चित्त बुझाउनुपर्ने छ भने दाहाललाई नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाको समूह मिलाउने चुनौती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.