Breaking News.... EverestOnlineKhabar
September 1, 2026

किसानले बर्डफ्लू संकटग्रस्त क्षेत्रका कुखुरा मार्न दिएनन्

Loading

चितवन । कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए ।

 केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लू प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन् ।

किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन् । उनीहरुले नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै त्यसको विरोध गरेका हुन् ।

मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.