Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेकपाको पहिलो संसदीय दलको बैठकमा प्रचण्डले भनेः‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट छैन’

Loading

काठमाडौ,जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरूलाई सुझाव दिएका छन्। पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा अध्यक्ष दाहालले ठूलो पार्टी भयौं भन्दैमा प्रतिपक्षीलाई कमजोर नठान्न सांसदहरूलाई सुझाव दिएका हुन्।
पार्टी एकीकरणले दिएको उत्साह र उर्जासँगै प्रतिपक्षी दलबाट हुन सक्ने विरोध र संघर्षका चुनौती पनि उत्तिकै बढ्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए। युद्धमा पराजित भएको सेनाले युद्धकला र त्यसको शिक्षा अझै राम्रोसँग सिक्न मेहेनत गर्ने प्रसंग उल्लेख गर्दै उनले वैचारिक ढंगले प्रतिपक्षी दलले आफूहरूका कमजोरीलाई औंल्याउन अझै मेहेनत गर्ने भएकाले ठूलो पार्टीको आनन्द महशुस गरेर ढुक्क रहने अवस्था नरहेको तर्फ सर्तक रहनुपर्नेमा जोड दिए। उनले भनेः‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन।’
ठूलो उपलब्धिबाट बढी आत्मसन्तुष्टी र ओभरकन्फिडेण्टका अनुभूति देखाउने काम भए त्यो प्रत्युत्पाक हुने भन्दै उनले प्रतिपक्षीको तर्फबाट हुनसक्ने विरोधलाई सामना गर्ने क्षमता वृद्धि गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.