Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एप्पलले यो वर्ष भित्रै तिनवटा आइफोन सार्वजनिक गर्दै, तीव्र गतिमा चार्ज हुने

Loading

एजेन्सी । एप्पलले यो वर्ष भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको छ । एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउनेछ जसले आइफोनलाई तीव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्नेछ ।

यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ । चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८–वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ ।

आइफोन एट, एट प्लस तथा आइफोन एक्सले फुल चार्ज हुनका लागि ९० देखि १२० मिनेटसम्मको समय लिने गरेका छन् । यो नयाँ चार्जरको प्रयोगले एक घण्टाभित्रमै आइफोन फुल चार्ज हुने बताइएको छ ।

एप्पलले यो वर्ष सन् २०१८ मा तिनवटा आइफोन सार्वजनिक गर्नेछ । जसमध्ये एउटा ६.१ इन्च स्क्रिन तथा थ्री डी टच फिचर समेत भएको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.